लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खुला यौन संस्कृति भएको अमेरिकामा आफ्नो प्रिय मान्छेलाई फूल उपहार दिएर खुसी पार्ने वा प्रेम व्यक्त गर्ने जमाना गयो क्यारे अब ! किशोरीकिशारीहरूले अचेल आफ्ना ब्वाइफ्रेन्ड या गर्लफ्रेन्डहरूलाई आफूतिर आकषिर्त गराउन यौटा उत्ताउलो तरिका अपनाउन थालेका छन् । 'सेक्सटिङ' नाममा हाल किशोरकिशोरीमाझ लोकप्रिय हुँदै गएको यो प्रचलनमा उनीहरू आफ्नो नग्नफोटो मोबाइल तथा इमेलबाट आफ्ना प्रेमी, प्रेमिका तथा नजिकका साथीहरूलाई पठाउने गर्छन्, साथमा भद्दा सन्देश एटेच गरेर । गत महिना प्रकाशित एक अमेरिकी राष्ट्रिय अध्ययन प्रतिवेदनअनुसार १३ देखि १९ वर्ष उमेरसमूहका २० प्रतिशत किशोर- किशोरीहरूले फोन तथा इमेलबाट आफ्नो नग्नता बेपर्वाहका साथ प्रदर्शन गरेको स्वीकार गरेका थिए । सेक्सटिङ गर्दा कुनै पनि प्रकारका अपराधबोध नभएको उनीहरूले बताएका थिए ।अर्कातर्फ ४८ प्रतिशतले आफूले त्यस्ता यौनजन्य इमेल तथा मेसेजहरू प्राप्त गरेको जनाएका छन् । किशोरावस्थाको गर्भधारणविरुद्धको राष्ट्रिय अभियानले गरेको अध्ययनअनुसार आधाजति किशोरीहरू आफ्ना ब्वाइफ्रेन्डका दबाबका कारण सेक्सटिङ गर्ने गर्छन् ।'विश्वास गर्नुस्, धेरै जोडीहरू यसो गर्छन् । यो यौनसम्बन्धको अर्का रूप हो,' न्युयोर्क पोस्टले उद्धरण गरेको एक १५ वर्षीया छात्रा भनाइ हो । आफ्नो भूपू प्रेमीलाई पुनः प्राप्त गर्ने प्रयासस्वरूप उनले आफ्ना ४० वटा नांगा फोटाहरू पठाइन् । तर, निष्ठुरीको मन भने फर्किएन रे ! यौनका मामिलामा अमेरिकीहरू यसै पनि साहसी मानिन्छन् । टिनएजरहरू अझ एककदम अगाडि भएके प्रमाण हो यो । उनीहरूलाई सेक्सटिङबाट आफ्नो या परिवारको इज्जत या आत्मसम्मानमाथि कुनै धक्का लाग्ला भन्ने डर छैन । 'मेरो जीवन म जसरी चाहन्छु, त्यसरी जिउँछु, यसमा कसैले हस्तक्षेप गर्न पाउँदैन' भन्ने स्वतन्त्रतावादी मूलमन्त्रमा आधारित छ उनीहरूको बाँच्ने तौरतरिका ।तर, हालसालै पेन्सिल्भानियाका ६ विद्यार्थी मोबाइलमार्फत आफ्ना नग्नतस्बिर पठाएको आरोपमा जेलको हावा खाँदै छन् । एकातिर, इन्टरनेट तथा मोबाइलमा धोकापूर्ण तरिकाले आफ्ना नग्नतस्बिर सार्वजनिक भएपछि जीवन बर्बाद भएकाहरू छन् भने अर्कातर्फ जानीजानी आफ्नो नग्नताको प्रचार गर्ने पनि छन् ।
No comments:
Post a Comment