News

Feb 10, 2009

मलेसिया पुगेका २४ जना नेपालीहरू अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोजगारीका लागि गत ०६३ मंसिरमा मलेसिया पुगेका २४ जना नेपालीहरू अहिले कामविहीन भएको र उनीहरूलाई खानसमेत समस्या भैरहेको प्रवासी नेपाली श्रमिक मञ्च मलेसियाका पूर्वअध्यक्ष राजन दाहालले बताएका छन्। तीन वर्षकाम गर्ने गरी काठमाडौं गोंगबूको दीप गेटवेभ मेन पावरमार्फ मलेसियाको फेलेक्सटोनिक्स टेक्नोलोजी कम्पनीमा काम गर्न पुगेका उनीहरूलाई तीन महिनादेखि कम्पनीले कुनै काम नदिएकोले उनीहरू कामविहीन भएको र अहिले उनीहरूलाई खानसमेत समस्या भैरहेको दाहालले बताए। सम्झौताअनुसार कम्पनीले उनीहरूलाई अब एक वर्षकाम दिनुपर्नेमा विगत तीन महिनादेखि कम्पनीले कुनै काम पनि नदिएको र कम्पनीको होस्टेलबाट बाहिरसमेत निस्कन नदिएकोले उनीहरू समस्यामा परेको दाहाल बताउछन्। कामविहीन भएर पैसा नहुँदा २४ जना साथीहरू सँगै काम गर्ने अन्यको सहयोगमा एक छाक मात्र खाएर बसिरहेको जानकारी आफूलाई टेलिफोनमार्फ प्राप्त भएको मञ्चका पर्ूवअध्यक्ष दाहालले बताए।दोलखा काभ्र्रे गाविसका दाहाल भने केही समयअघि मात्र नेपाल फर्किएका हुन्। अलपत्र परेका उनीहरूले कि काम दिन, कि नेपाल र्फकने व्यवस्था गर्न आफूहरूलाई मलेसिया पठाउने मेनपावर तथा काम गरिरहेको कम्पनीसँग पटक-पटक आग्रह गर्दासमेत सुनवाइ नभएको गुनासो फोनबाट गरेको दाहालले बताए। मलेसियामा त्यसरी अलपत्र पर्ने २४ नेपालीमध्ये तीन जना दोलखा जिल्लाका समेत रहेको पनि दाहालले बताए। विदेशमा काम गर्न जाने नेपालीहरूका लागि सरकारले उचित व्यवस्थापन गर्न नसकेको र विभिन्न लोभ देखाई विदेश उडाएर काम नदिई अलपत्र पार्ने मेनपावर कम्पनीहरूलाई समेत सरकारले कारबाही गर्न नसकेको पीडितहरूको आरोप छ। श्रम मन्त्रालयले त्यसरी विभिन्न देशमा पुगेर अलपत्र परेका नेपालीबारे जानकारी लिई उनीहरूको उचित व्यवस्थापन र अलपत्र पार्ने मेनपावरलाई कारबही नगरे आफूहरू आन्दोलन गर्न बाध्य हुने प्रवासी नेपाली श्रमिक एकता मञ्च मलेसियाका पूर्वअध्यक्ष दाहाल बताउँछन्।

No comments: