News

Feb 10, 2009

अर्को माओवादी जन्मने चेतावनी - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत/ रक्षामन्त्री तथा माओवादी नेता रामबहादुर थापा (बादल)ले देशमा निराशाको स्थिति कायम रहे अर्को माओवादी जन्मने चेतावनी दिएका छन् । संक्रमणकाल छिटो अन्त्य नगरिए अप्रिय स्थिति आउने उनको भनाइ छ ।सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा मन्त्री बादलले भने, 'देशमा बढिरहेको दण्डहीनता र अराजकताको स्थितिले जनतामा धैर्यको बाँध टुटिसकेको छ ।' उनले सरकारले जनताको आदेश नमान्दा सरकार र स्वयं माओवादी घेराबन्दीमा परेको बताए । उनको भनाइ थियो, 'अब जनताले जे भन्छन् त्यही मान्छौँ ।'सेनाले सरकारको आदेशको अवज्ञा गर्दै भर्ती प्रक्रिया सम्पन्न गर्नुमा 'गम्भीर रहस्य' लुकेको रक्षामन्त्रीले बताए । शान्ति नचाहने देशी/विदेशी शक्तिको आडमा सेनाले भर्ती सम्पन्न गरेको उनको आरोप छ । भर्ती-प्रकरणलाई लिएर सेनापतिमाथि कारबाही गर्ने चेतावनी दिँदै आएका मन्त्री थापाले त्यसबारे केही बोलेनन् । उनले 'सेनाको हठले नागरिक सर्वोच्चताको अपमान गरेको' टिप्पणी मात्र गरे । 'सेनापतिमाथि अब कारबाही हुन्छ कि हुँदैन ?' भन्ने पत्रकारको जिज्ञासामा मन्त्री थापा जवाफ नदिई कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

No comments: