News

Feb 10, 2009

अज्ञात समूहको आक्रमणबाट ओखलढुंगामा ६ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ओखलढुंगा/ अज्ञात समूहको आक्रमणबाट ओखलढुंगामा ६ जना माओवादी तथा वाइसिएल कार्यकर्ता घाइते भएका छन् भने एकजना बेपत्ता छन् । सदरमुकामस्थित वाइसिएलको कार्यालय तोडफोड गर्न आएको समूहको आक्रमणबाट उनीहरू घाइते भएका हुन् । सामेबार राति उनीहरूमाथि आक्रमण भएको हो । घाइते हुनेमा माओवादी जिल्ला सदस्य रुद्र फुँयाल, तिलक कार्की, रमेश श्रेष्ठ, तेन्डोमा शेर्पा, सजना र लेखनाथ फुँयाल छन् । माओवादीकै जिल्ला सदस्य रक्तिम भनिने भीमबहादुर श्रेष्ठ बेपत्ता रहेको वाइसिएल, ओखलढुंगाले जनाएको छ । घाइतेको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । माओवादी नेता तथा सभासद् केशव राईले युथफोर्स कार्यकर्ताले वाइसिएल कार्यकर्ता तथा कार्यालयमा तोडफोड गरेको आरोप लगाएका छन् । उनका अनुसार तोडफोडबाट करिब पाँच लाख रुपैयाँबराबरको भौतिक क्षति भएको छ । युथफोर्स ओखलढुंगाले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ । ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले घटना राजनीतिक भएकाले यस विषयमा थप जानकारी दिन नमिल्ने बताए । आक्रमणकारीको खोजी भइरहेको पनि उनले जानकारी दिए । सो घटनापछि सदरमुकाम तनावग्रस्त छ ।

No comments: