News

Feb 9, 2009

प्रधानमन्त्रीका स्वकीयसचिवलार्इ गोली प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीका स्वकीयसचिव एवम् एकीकृत नेकपा(माओवादी)का केन्द्रीय सदस्य शक्तिबहादुर बस्नेत (सुरेश सिंह) अज्ञात समूहद्वारा हानिएको गोलीबाट सख्त घाइते हुनुभएको छ । आज साँझ कोटेश्वरमा गाडीबाट उत्रेर निवास जान लाग्दा उहाँमाथि गोली प्रहार भएको थियो । उहाँको दाहिने खुट्टामा गोली लागेको छ । लोडसेडिङको समयमा उहाँमाथि पाँच/छ राउन्ड फायरिङ गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले बताउनुभयो । हाल उहाँको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त हुनुहुन्छ । सो घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिई आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी प्रभागका प्रमुख नवराज सिलवालले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज साँझ सो अस्पताल जानुभई स्वकीयसचिवको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो ।

No comments: