News

Feb 10, 2009

कुकुरको सुन्दरी प्रतियोगितामा सयौं कुकुर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ न्युयोर्कमा सोमबार आयोजना गरिएको कुकुरको सुन्दरी प्रतियोगितामा सयौं कुकुरले विभिन्न रंगीबिरंगी कपडा लगाएर क्याट्वाक गरेका थिए । कुकुरको 'ओलम्पिक प्रतियोगिता'को नामले चिनिने यस कुकुर सुन्दरी प्रतियोगिता वेस्टमिनिस्टर केनल क्लब शोले आयोजना गरेको हो । म्याडिसन स्क्वायरमा यो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा एक सय ७० प्रजातिका २५ सय कुकुरले भाग लिएका छन् । सुन्दरी प्रतियोगिता दुई दिनसम्म चलेको थियो । सबै कुकुरहरू एकसेएक भएकाले प्रतियोगिता अत्यन्त कठिन भएको बताए । दुईवर्षे बेडलिनंटन टेरियर जजका अगाडि जान केही डरायो । उसका मालिकले उसलाई थुमथुम्याएपछि मात्र डराउँदै उसले क्याट्वाक गर्‍यो । 'यो अलि अनौठो मानिरहेछ । ऊ प्रायः घरभित्र मात्रै बस्छ,' २४ वर्षे कुकुर मालिक मेगान हुफले भनिन् । मेगानले आफ्नो कुकुरलाई सफा बनाएर ल्याएकी थिइन् । उसको कपाल चिटिक्क मिलाइएको थियो । सेता रौंमा रंगीबिरंगी कपडा लगाइएका थिए । सबै कुकुरले राम्रो बानी-बेहोरा देखाइरहेका थिए ।

No comments: