News

Feb 9, 2009

सेनाले सरकारको आदेशको अवज्ञा गर्यो - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा बादलले सेनाले सरकारको आदेशको अवज्ञा गर्दै भर्ती प्रक्रिया जारी राख्नुमा गम्भीर रहस्य लुकेको बताउनुभएको छ । सुर्खेतमा आयोजित पत्रकार भेटमा उहाँले नयाँ सैन्य भर्ती रोक भन्ने जनताको आदेश हो, यसलाई अवज्ञा गर्नु भनेको संविधानविपरीत काम भएको बताउनुभयो ।सेनाको भर्ती रोक्नु हँदैन भन्नेहरू प्रतिगामी शान्तिका पक्षधर भएको औल्याउँदै तिनीहरूकै आडमा सेनाले भर्ती सम्पन्न गरेको उहाँले आरोप लगाउनुभयो । सेनाको हठले नागरिक सर्वोच्चताको अपमान गरेको मन्त्री थापाले बताउनुभयो ।

No comments: