News

Feb 10, 2009

लिम्बुवान स्वायत्तताका लागि वृहत् जनसभा धरानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आत्मनिर्णय अधिकारसहितको जातीय ऐतिहासिकताका आधारमा लिम्बुवान स्वायत्त राज्य माग गर्दै सुनसरीको धरानमा मंगलबार संयुक्त लिम्बुवान मोर्चाले दवावमूलक जनप्रदर्शन गरेको छ । लिम्बुवान मोर्चा र संगठनका कार्यकर्ताको ठूलो उपस्थिति रहेको जनसभामा सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो ।सभामा किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिका महासचिव योगराज वनेमले साझा समावेशी र आत्मनिर्णय अधिकार सहितको लिम्बुवान राज्यको लागि लिम्बुवानवासी एकजुट हुन आग्रह गर्नुभयो । जनसभामा मञचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभएसम्म सशक्त आन्दोलन जारी राख्ने बताउनुभयो । लिङ्देनले लिम्वुवानको विरोध गर्नेविरुद्ध फौजी कारवाही गर्ने चेतावनी दिनुभयो । सभामा नेपाल लोकतान्त्रिक किरात लिम्बु संघका केन्द्रीय उपाध्यक्ष सर्वध्वज लिम्बु, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका महासचिव मुक्सामहाङ मेन्याङबो, लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्वाङ, किराँत याक्थुङ चुम्लुङका संगीता सुव्बाले पनि बोल्नुभएको थियो ।

No comments: