News

Feb 11, 2009

सलमान रुस्दीकी नयाँ प्रेमिका पिया ग्लेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धेरैजसो लेखनका कारण, यदाकदा प्रेमसम्बन्धका कारण जीवनभर चर्चामा रहेका विश्वविख्यात लेखक सलमान रुस्दी पुनः चर्चामा छन् । यसपटक नयाँ प्रेमिकामार्फत उनले फेरि चर्चाको बजार गरम गरिदिएका छन् । उनकी नयाँ प्रेमिका पिया ग्लेन अमेरिकी नायिका हुन् । उनी ६ फिट अग्ली छिन् । ६१ वर्षीया सलमान रुस्दीभन्दा उनी तीन इन्च अग्ली छिन् । तर, प्रेममा उचाइ, मोटाइजस्ता कुराले के नै अर्थ राख्छन् र ? महिलाका सम्बन्धमा रुस्दी एक प्रकारले अभागी नै रहे । कोहीसँग पनि उनको सम्बन्ध लामो समयसम्म कायम रहन सकेन । उनकी चौथी पूर्व श्रीमती पद्मा लक्ष्मीसँग १८ महिनाअगाडि सम्बन्धविच्छेद भएको थियो । पद्मा लक्ष्मीसँग बिहे सफल नभएका उनले पुनः बिहे नगर्ने बताएका थिए । तर, प्रेम नगर्ने प्रतिज्ञा भने गरेका थिएनन् । उनीसँगको सम्बन्धविच्छेदपछि सलमान रुस्दीको थुप्रै गायिका, नायिकासँग प्रेमसम्बन्ध जोडिएको खबर आइरहे । २५ वर्षीया पत्रकार इता इहोडारोसँग पनि रुस्दीको प्रेमचक्कर चलेको बताइन्छ । भारतीय नायिका रिया सेनसँग पनि सलमान रुस्दीको नाम जोडिएको थियो । तर, अहिले रुस्दीकी प्रेमिका अमेरिकी नायिका पिया ग्लेन बनेकी छिन् । ३२ वर्षीया नायिका ग्लेनले 'यु आर वेलकम अमेरिका : ए फाइनल नाइट विथ जर्ज डब्लु बुस' नाटकमा कोन्डालिजा राइसको भूमिकामा अभिनय गरेकी छिन् ।ग्लेन र रुस्दीको भेट एक वर्षअगाडि भएको थियो । स्पामालोटको नाटक प्रोडक्सनका क्रममा अभिनेता इरिक आइडेलले उनीहरूको भेट गराएका थिए । 'यु आर वेलकम अमेरिका : ए फाइनल नाइट विथ जर्ज डब्लु बुस' नाटकको न्युयोर्कमा भएको अन्तिम प्रदर्शनमा रुस्दी ग्लेनसँग अँगालो मारिरहेको अवस्थामा देखिएका थिए । रुस्दीभन्दा अग्ली ग्लेन रुस्दीतिर टाउको ढल्काएर बसिरहेकी थिइन् । ग्लेनसँगको सम्बन्धमा आफू अत्यधिक भाग्यमानी भएको उनले बताएका छन् । रुस्दीले भने, 'उनी असाध्यै क्षमतावान् छिन्, उनको अभिनय पनि सार्‍है राम्रो छ ।''यु आर वेलकम अमेरिका : ए फाइनल नाइट विथ जर्ज डब्लु बुस' नाटक न्युयोर्कमा हिट भयो । यस नाटकमा ग्लेनले कट्टु मात्र लगाएर नाचेकी छिन् । उपन्यास 'मिडनाइट्स चिल्डे्रन' मार्फत रुस्दीले बुकर साहित्य पुरस्कार पाएका थिए । १९९८ मा सार्वजनिक भएको 'सटानिक भर्सेस' उपन्यासका कारण रुस्दीलाई कट्टर इस्लामिक समूहले फतवा जारी गरेका थिए ।

No comments: