News

Feb 10, 2009

प्रधानमन्त्रीका सचिवमाथि गोली हान्ने शंकास्पद १५ पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि गोली प्रहार भएपछि प्रहरीले खोजतलासका क्रममा शंकास्पद १५ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ । वडा प्रहरी कार्यालय, कोटेश्वरका प्रहरी नायब निरीक्षक राजन गौतमले गोली प्रहार भएको क्षेत्र वरपरबाट ती व्यक्तिलाई पक्राउ गरिएको बताउनुभयो । प्रमुख स्वकीय सचिव बस्नेतमाथि कोटेश्वरको निखिलेश्वर महादेवस्थान मन्दिरनजिकै रहेको उहाँको डेराअगाडि एक अज्ञात व्यक्तिले सोमबार बेलुका गोली प्रहार गरेका थिए । अज्ञात व्यक्तिले पाँच राउन्ड गोली प्रहार गरेकामा उहाँको खुट्टामा दुइवटा गोली लागेको थियो । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी हस्पिटलमा उहाँको शल्यक्रिया गरी गोली बाहिर निकालिइसकिएको छ ।

No comments: