News

Feb 10, 2009

लगातार ७२ घन्टा टिभी हेरेर विश्व रेकर्ड राखे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्टकहोम/ लगातार ७२ घन्टा टेलिभिजन हेरेर सुरेश जोयचिमले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा रेकर्ड राख्न सफल भएका छन् । उनले स्विडेनको राजधानी स्कटहोममा लगातार ७२ घन्टा टेलिभिजन हेरेर रेकर्ड राखेका हुन् । 'म रमाइलो महसुस गर्दैछु । टेलिभिजन हेर्दा मैले २५ देखि ३० कप कफी पिएँ,' उनले भने । उनले स्विस ड्रामा हेरेका थिए । यसअघि २००५ मा पनि जोयचिमले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा रेकर्ड राखेका थिए । त्यसवेला उनले लगातार ६९ घन्टा ४८ मिनेट टेलिभिजन हेरेका थिए । श्रीलंकाली नागरिक जोयचिम क्यानडाको टोरन्टोमा बस्छन् ।

No comments: