लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुलेखानी विद्युत्गृह चौबीसै घन्टा चलाएपछि जलाशय रित्तिने अवस्थामा पुगेको छ । जलाशयको सतह
१० मिटर मात्र बाँकी रहेको छ । यतिकै उत्पादन निरन्तर जारी रहे २० दिनभित्र पानी सकिनेछ । अन्तिम क्षमता १४८४ मिटरको जलाशयमा बिहीबार मध्याह्नसम्म पानीको सतह १४९४ दशलमव ६३ मिटर रहेको कुलेखानी पहिलो महाशाखा प्रमुख सच्चिदानन्द मिश्रले जानकारी दिए । उनका अनुसार केही सातादेखि कुलेखानी चौबीसै घन्टा सञ्चालन हुँदै आएको छ । सतह जति घट्टै जान्छ, पानीको मात्रामा पनि उत्तिकै कम हुन्छ । वर्षाभरि परेको पानी संकलन गरेर हिउँदको सुख्खायाम -जेठसम्म) मा बिजुली उत्पादन गरिने कुलेखानी खास सुख्खायाम नलाग्दै रित्तिने अवस्थामा पुगेको हो । जडित क्षमताअनुसार विद्युत् उत्पादन हुने कुलेखानी -पहिलो र दोस्रो गरी ६० मेगावाट) एकमात्र जलाशययुक्त विद्युत्गृह हो । अन्य विद्युत्गृहमा भने हिउँदयाममा खोलामा पानी घटेर क्षमताको आधाभन्दा कम उत्पादन गर्छन् । कुलेखानीलाई यसरी चौबीसै घन्टा नचलाए लोडसेडिङ १९ घन्टासम्म जाने भएकाले चलाउन बाध्य भएको प्राधिकरणले जनाएको छ । 'अघिपछि कुलेखानीको बिजुली बिहान र साँझ अत्यधिक खपत समय -पिक लोड) मा मात्र दुई, चार घन्टा चलाउने गरिन्थ्यो,' मिश्रले कान्तिपुरसित भने, 'राष्ट्रिय ग्रीडमा आएको विद्युत् संकटले गर्दा कुलेखानी रातदिन चलिरहेछ ।' अन्य नदी प्रवाही (रन अफ रिभर) विद्युत्गृहसरहै विद्युत् उत्पादन गर्दा कुलेखानीको जलाशय दिनको ३० देखि ४० सेन्टिमिटरका दरले घटिरहेको मिश्रले बताए । 'यही अवस्था रहे अब २० दिनलाई मात्र पुग्छ,' मिश्रले चिन्ता व्यक्त गर्दै भने, 'कुलेखानी बन्द भए प्रणाली सञ्चालनमा समस्या आउनेछ ।' कुलेखानी जलाधार क्षेत्रमा यसपालिको वर्षायाममा अपेक्षित पानी नपरेकाले यति धेरै संकट आएको मिश्रले बताए । उनका अनुसार कुलेखानी जलाशयको सात किलोमिटर क्षेत्रमा बसोबास वृद्धि, जंगल फडानीलगायतका कारणले मुहान सुक्दै जान थालेका छन् । अन्य विद्युत्गृहमा उत्पादन उल्लेखनीय रूपले घटेको, भारतबाट बिजुली आउन ढिला भएको र आए पनि अपेक्षित नभएको जस्ता कारणले कुलेखानीलाई चौबीसै घन्टा सञ्चालन गर्न दबाब परेको प्राधिकरणको भार प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले काठमाडौंमा बताए । उनका अनुसार कुलेखानीलाई नियमितजस्तै 'पिक लोड' को दुई, चार घन्टामात्र चलाउने हो भने लोडसेडिङ १९ घन्टासम्म हुनेछ । यतिखेर नदी प्रवाही विद्युत्गृहबाट जम्मा १८३ मेगावाट मात्र उत्पादन भइरहेको भाटले जानकारी दिए । १४४ मेगावाटको कालीगण्डकीले जम्मा ४८ मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दीले २५ मेगावाट, मध्यमस्र्याङ्दीबाट २४, त्रिशूलीबाट ९, चिलिमेबाट ९ र देवीघाटबाट ८ मेगावाट मात्र उत्पादन भइरहेको छ । उच्चतम माग भने ८०८ मेगावाट पुगिसकेको छ । दिउँसोकै माग ५ सय मेगावाट छ । गत भदौमा कोसीमा आएको बाढीले भारतबाट आयात हुने बिजुलीको टावर ढालेकाले कुलेखानीमा थप दबाब परेको हो । भारतबाट ६० मेगावाट बिजुली भदौदेखि अवरुद्ध भएकाले कुलेखानी चलेको थियो । बुधबारदेखि भारतबाट ३५ मेगावाट मात्र बिजुली आएको छ । 'यति बिजुलीले पनि पुग्दैन,' भाटले भने, '६० मेगावाट नआएसम्म कुलेखानीमाथिको दबाब हट्नेछैन ।' बाढीले ढालेको टावर पुनः निर्माण तथा मर्मत हालसालै सकिएको र परीक्षण अझै बाँकी रहेकाले भारतले ३५ मेगावाट मात्र बिजुली दिएको भाटले बताए । भारतलाई ६० मेगावाट बिजुली दिन प्राधिकरणले अनुरोध गर्ने भएको छ । ४६ मेगावाट मात्रै केही महिनादेखि कुलेखानी पहिलोको एउटा युनिट बिग्रेर ३० मेगावाट मात्र उत्पादन भइरहेको छ । पहिलोको कुल क्षमता ६० मेगावाट हो । मेगावाट उत्पादन ठप्प भएपछि दोस्रो विद्युत्गृहको १६ मेगावाट विद्युत् उत्पादन गर्ने मेसिन पनि बन्द छ । कुलेखानी दोस्रो महाशाखाका प्रमुख रवीन्द्र महासेठका अनुसार आगामी चार महिनापछि बिग्रेको युनिट मर्मत गर्ने कार्यक्रम छ ।

No comments:
Post a Comment