News

Feb 8, 2009

सुझाव सङ्कलन गर्नसभासद्लाई घरघर पठाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले चाहेको नयाँ संविधान निर्माणका लागि सुझाव सङ्कलन गर्न सभासदहरूलाई दुई पटक जनताका घर, दैलोमा पठाइने बताउनुभएको छ । विभिन्न समितिमार्फत् सभासद्का टोली फागुनको पहिलो सातातिर सुझाव सङ्कलन गर्न गाउँ, टोलमा जाने भएकाले जनआन्दोलनका मुख्य उपलब्धिलाई संस्थागत गर्ने खालका सुझाव दिन सभाध्यक्ष नेम्वाङले आग्रह गर्नुभयो । आइतबार काठमाण्डौम ग्रील ब्यवसायी संस्थाको तेस्रो महाधिवेशन उद्घाटन गर्नुहुँदै सभाध्यक्ष नेम्वाङले भन्नुभयो- "तराई एक्लैले हिडेर देश बन्दैन, दलित, जनजाति मात्र दगुरेर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिदैन । नयाँ नेपाल बनाउन सबै एकजुट हुनै पर्छ, एक ठाउँमा आउनै पर्छ ।"

No comments: