News

Feb 10, 2009

तीन अध्यादेशलाई राष्ट्रपतिद्वारा प्रमाणीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधन, २०६३ को धारा ८८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार विभिन्न तीन अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण गरिएका अध्यादेशमा सार्वजनिक सेवालाई समावेशी बनाउने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६५, व्यक्ति बेपत्ता पार्ने कसूर र सजाय अध्यादेश, २०६५ र मतदाता नामावली सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०६५ रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

No comments: