News

Feb 10, 2009

दुश्मन ठान्छन् निखिल उप्रेती र रेखा थापा एक-अर्कालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धेरैलाई थाहा नहुन सक्छ, नेपाली फिल्म क्षेत्रका अहिलेका सर्वाधिक चर्चित अनि व्यस्त नायक-नायिका- निखिल उप्रेती र रेखा थापा एक-अर्कालाई आफ्नो 'दुश्मन' ठान्छन् । उनीहरू एकआपसमा नबोल्न मात्र होइनन्, एकले अर्कालाई 'फुटेको आँखा' ले समेत हेर्न चाहँदैनन् । केही फिल्ममा सँगै काम गरेको यो जोडी एकताका एकले अर्काको सिफारिस गर्नसमेत पछि पर्दैनथे । तर, अहिले कार्यक्रममा भेट हुँदासमेत नदेखेजस्तो गर्छन् । जब 'ठाकठुक' पर्‍यो, त्यसपछि उनीहरूले सँगै फिल्म खेलेका छैनन् । र, दुवैको कुरो एउटै छ । हाकाहाकी भन्छन्, 'मलाई ऊसँग फिल्म खेल्नु छैन ।' यी दुई एकअर्कालाई शत्रु देख्छन् । तर, गत साता काठमाडांैमा आयोजित मोडलिङ कार्यक्रममा र्‍याम्पमा एकैसाथ देखिए । एउटै र्‍याम्पमा क्याट्वाक गरे पनि बोलचाल छैन भन्न लजाएनन् उनीहरू । 'सँगै काम गरे पनि बोल्दिनँ म,' रेखाले भनिन् । निखिल र रेखाबीच त्यतिवेला सम्बन्ध बिगि्रएको हो, जतिवेला निर्मात्रीसमेत रहेकी रेखाले आफ्नो फिल्म 'हिम्मत'बाट निखिललाई निकालेर विराज भट्टलाई हिरो लिइन् । निखिललाई निकाल्नुको कारण के थियो ? निखिल व्यावसायिक कलाकार होइनन् भन्छिन् रेखा । निखिलमा हिरोमा हुनुपर्ने गुण नभएको बताइन् उनले । निखिल भने आफूलाई हिम्मतबाट रेखाले निकालेको स्विकार्दैनन् । भन्छन्, 'उनी न त व्यावसायिक कलाकार हुन्, न त निर्मात्री नै । उनको अव्यावहारिकताका कारण म आफंैले हिम्मत छोडेको हुँ ।' रेखा किन अव्यावसायिक मान्छिन् निखिललाई ? रेखा भन्छिन्, 'उनी उपmन, कुद्नबाहेक नाच्न र अभिनय गर्न सक्दैनन् । त्यति मात्र कहाँ हो र ? उनमा हिरोमा हुनुपर्ने गुणै देखिँदैन, अनि उनको व्यवहार पनि गतिलो छैन ।' निखिलको रेखाप्रतिको दृष्टि कस्तो छ त ? 'रेखा एउटी राम्री नर्तकी मात्र हुन्, त्यो पनि नखरेवाज । त्यसभन्दा बढी उनी केही होइनन् । म उनलाई हिरोइन मान्दिनँ,' निखिलले भने । रेखा र निखिलबीचको विवाद एकपटक यतिसम्म चर्किएको थियो कि कुनै जमघटमा रेखालाई देखे, निखिल अर्काेतिर मुन्टो बटारेर हिँड्थे । रेखा पनि निखिललाई देख्नेबित्तिकै निधार खुम्च्याउँथिन् । र, मौका मिलेसम्म एकले अर्काको कुरा काटिहाल्थे । यद्यपि यो सिलसिला अहिलेसम्म पनि जारी छ । रेखाले आफ्नो बालकुमारीको घडेरीसामु निखिलले घर बनाउँदै गरेको थाहा पाएर जग्गा बेच्ने सोच बनाएको कुरा पनि उनीहरूबीचको 'दुश्मनी' को अर्काे उदाहरण हो । निखिल र रेखाबीच विवाद चर्कनुमा 'हिम्मत काण्ड' मात्र कारक नभएको विश्लेषण छ फिल्म-पण्डितहरूको । रेखाले निखिललाई हिम्मतबाट निकालेर विराज भट्टलाई लिएकोमा पनि निखिलको मन कुँडिन पुगेको अनुमान गर्छन् जानिफकारहरू । किनभने, विराजको आगमनले निखिललाई केही अप्ठ्यारो भने पर्‍यो नै । तर, अहिले विराजको हातमा फिल्म न्यून छन् । हिम्मतमा विराजलाई हिरो बनाएकी रेखाले किस्मतमा आर्यन सिग्देललाई सहनायकमा लिइन् । अनि, हिफाजतमा भने मेन हिरो । र, अब निर्माण गर्न लागेको 'कसले चोर्‍यो मेरो मन' मा पनि उनै आर्यनलाई लिएकी छिन् । विराजको रोलै छैन । के निखिल र रेखालाई दर्शकले फेरि कहिल्यै एउटै फिल्ममा देख्न पाउलान् त ? रेखाले भनिन्, 'यो सम्भव छ । आ-आफ्नो रोल निभाउने हो । निर्माताले अफर गरे मलाई आपत्ति छैन ।' निखिलले पनि रेखाकै जस्तो प्रतिक्रिया दिए, 'मलाई पनि आपत्ति छैन । आ-आफ्नो काम हो, गरिन्छ ।' अगुल्टो पनि नठोसीकन बल्दैन । निखिल-रेखाबीच पनि कुनैवेला ठाकठुक भयो । अब दुवै मिलेर फिल्म खेले कसो होला ? आमदर्शक तथा फिल्मकर्मीको चाहना छ । तर, यी 'हिट' हिरो-हिरोइन नदीका दुई किनारा नै रहिरहन चाहन्छन् ।

No comments: