News

Feb 9, 2009

सात सय ७१ पटक ड्राइभिङ परीक्षामा फेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ दक्षिण कोरियाकी एक महिला सात सय ७१ पटक ड्राइभिङ परीक्षामा फेल भएकी छिन् । ६८ वर्षीया चाले २००५ देखि लगातार ड्राइभिङ परीक्षा दिँदै आएकी छिन् । गत सोमबार दिएको परीक्षामा पनि उनी फेल भइन् । तर, जतिपटक फेल भए पनि परीक्षा दिन नछोड्ने उनी बताउँछिन् । चाले लगातार ३० देखि ५० नम्बर ल्याउँछिन् । परीक्षामा पास हुनका लागि सय पूर्णाकमा ६० नम्बर ल्याउनैपर्छ ।उनी एपार्टमेन्ट कम्प्लेक्समा खाद्यान्न तथा अन्य घरेलु सामग्री बेच्ने गर्छिन् । डालामा सामान राखेर बेच्ने चा अब कारमा सामान राखेर बेच्ने सुरमा छिन् । त्यसैले कार सिक्दै छिन् । उनले दुई हजार पाउन्ड ड्राइभिङको लिखित परीक्षा दिनका लागि नै खर्च गरिसकिन् । यसबाहेक प्रत्येक परीक्षाका लागि थप शुल्क तिर्नुपर्छ । 'चा प्रत्येक पटक फेल हुँदा मलाई दुःख लाग्छ,' ट्राफिक प्रहरी अधिकृत पार्क जङ सिओक भन्छन् । चा अर्कापटक पनि परीक्षाको तयारी गर्दै छिन् । यसपटक लिखित परीक्षणमा पास भए कार चलाउन सिक्ने उनको लक्ष्य छ ।

No comments: