News

Feb 13, 2009

भ्यालेन्टाइन डे बहिस्कार गर्न 'आदेश’

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खार्तुम/ सुडानका मुसलमान पुरोहितहरूले नवयुवायुवतीलाई भ्यालेन्टाइन डे जोडीहरूलाई भष्म पार्न सक्ने संस्था भएकाले त्यसको बहिस्कार गर्न जरुरी भएको बताएका छन् । सुडानको उलेमा प्राधिकारले अविवाहित जोडीहरूले भ्यालेन्टाइन डेमा पैसा खर्च गर्नुभन्दा आफ्नो विवाहका लागि पैसा बचत गर्न उत्तम हुने सल्लाह दिएका छन् । एकजना वरिष्ठ पुरोहितले उनीहरूले फेब्रुअरी १४ का दिन पार्कमा गएर रोमान्टिक घुमफिर गर्ने लोभमा फस्नु हुन्न भनेका छन् । अचेल राजधानी खार्तुमका नवयुवायुवतीका माझ भ्यालेन्टाइन डे झन् लोकपि्रय हुँदै गइरहेको छ । भ्यालेन्टाइन डे पश्चिमा देशबाट आएको हो । 'म मुसलमानलाई क्रिस्चियनको नक्कल नगर्न आग्रह गर्छु,' पुरोहित सेख हसन हमिदले एक वक्तव्यमा भनेका छन्, 'भ्यालेन्टाइन डेमा खर्च गर्ने पैसालाई विवाहका लागि खर्च गर्न नवयुवायुवतीलाई प्रोत्साहन गर्नमा खर्च गर्नुपर्छ ।' संवाददाताहरूका अनुसार सुडानको मुसलमान बहुल उत्तरी क्षेत्रमा महिला र पुरुषका बीचको सान्निध्य भएको, अंकमाल गर्दै सडकमा हिँडेको वा चुम्बन गरेको चर्चा सुन्न पाइँदैन । सुडानी धार्मिक अधिकारीहरूले पहिले पनि भ्यालेन्टाइन डेको भत्र्सना गरेका थिए । तथापि, केही वर्षयता खार्तुमका पसलमा भ्यालेन्टाइन कार्डहरू बेच्नेक्रम बढ्दो छ । र, युवायुवतीहरू बेलाबखत खास दूरी राखेर पार्क वा सहरका रेस्टुरेन्टमा सँगै बसिरहेका देख्न सकिन्छ । शिव सेनाले भारतको केरला राज्य सरकारसँग कानुन प्रयोग गरेर प्रेमदिवस -भ्यालेन्टाइन डे) माथि बन्देज लगाउन माग गरेको छ । प्रेमदिवस भारतीय संस्कृतिको खिलापमा रहेको कट्टरपन्थी हिन्दू समूहको तर्क छ । . सेनाको केरला राज्य प्रमुख एमएस भुवनचन्दनले एक वक्तव्यमार्फत नैतिक मूल्यमा ह्रास ल्याउने यो उत्सव आयोजना नगर्न होटल तथा अन्य प्रतिष्ठानहरूसँग आग्रह गरेका छन् ।

No comments: