News

Feb 16, 2009

राष्ट्रिय राजनीति सहमति, सहकार्य र एकताबाट अघि बढ्नु पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालको बुटबलमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनको उदघाटन कार्यक्रमलाइ सम्बोधन गर्न पुगेका बिभिन्न दलका शीर्ष नेताहरुले राष्ट्रिय राजनीति सहमति, सहकार्य र एकताबाट अघि बढ्नु पर्ने बताएका छन् ।बुटवलमण्डपमा अपार जनसमूहबीच सोमबार सम्पन्न महाधिवेशन उद्घाटन समारोहलाई विभिन्न पार्टीका शीर्ष नेताले उच्च महìव दिएर एकता र सहकार्यको आहृवान तथा त्यसप्रति प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।समारोहमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूले एमालेलाई आफूतिर आकषिर्त पार्न खोज्नुभएको थियो भने एमाले नेताहरूले एमाले कतैतिर पनि नढल्की अग्रगमन र साझा राष्ट्रिय गन्तव्यमा पुग्न स्पष्टताका साथ अरू दललाई एकताबद्ध पार्न सक्रिय रहने बताउनुभयो । महाधिवेशनको उद्घाटन लुम्बिनीबाट ल्याइएको शान्तिदीप प्रज्ज्वलन गर्दै एमाले महासचिव झलनाथ खनालले गर्नुभएको थियो । समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालगायत शीर्ष नेताहरूको सहभागिता थियो ।

No comments: