News

Feb 10, 2009

चौविसे समाज हङकङको नयाँ कार्य समिति तथा बि.बि.क्यू कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ

नेपालबाट हङकङ आई बसोबास गर्नु हुने धनकुटा चौविसे का दाजुभाई तथा दिदीवहिनीहरुमा आपसी हित र सहयोगको निम्ति सन् १९९७ मा चौविसे समाज हङकङ स्थापना भएको हो । उक्त संस्था स्थापना भए पछि बिभिन्न आपद विपदमा परेका चौविसे तथा अन्य दाजुभाई तथा दिदीवहिनीहरुलाई मानविय सेवा पुर्याउँदै आएको छ । विभिन्न समयमा विभिन्न कार्य समिति पनि चयन हुदै आएको छ । सोहि अनुरुप गत २००९ जनवरी २४ तारिखका दिन चौविसेहरुको वृहत भेलाले हालसालै नयाँ समिति चयन गरेको छ । नयाँ कार्य समितिको नामावलि निम्न प्रकार छ ।
अध्यक्ष - चन्द्र कुमार लिम्बु
उपाध्यक्ष - खसेन्द्र कुमार लिम्बु
सचिव - मनिमनेष याखा
सहसचिव - ललित चेम्जोङ
कोषाध्यक्ष - खड्ग प्रसाद देवान
सहकोषाध्यक्ष - श्री र्इवा
सदस्य - सष्टिका र्इङनाम
सदस्य - किशोर लिम्बु
सदस्य - बालकृष्ण देवान
सदस्य - धर्म चवेगु
सदस्य - श्रीमति सुनिता रार्इ
सदस्य - श्रीमति सरिता थक्लेङ
सदस्य - चन्दा सन्यक
सदस्य - मीना चवेगु
प्रमुख सल्लाहकार - नीर प्रसाद लिम्बु
सल्लाहकार - बुध्दरानी लिम्बु
सल्लाहकार - लक्ष्मी रार्इ
चौविसे समाज हङकङले स्थापना काल देखि नै बार्षिक भेटघाट बि.बि.क्यू कार्यक्रम हरेक साल गर्दै आएको छ सोहि बमोजिम सन् २००९ फेब्रुवरी ८ तरिखकाका दिन मङकी हीलमा विभिन्न कार्यक्रमका साथ बार्षिक भेटघाट भब्यताका साथ सम्पन्न गर्यो । उक्त अवशरमा विगत १२ बर्ष देखि चौविसे समाज हङकङमा रहि निरन्तर सेवा गर्नु भएकोले निवर्तमान अध्यक्ष नीर प्रसाद लिम्बुलाई कदर पत्र र उपहार स्वरुप कप प्रदान गरिएको थियो

No comments: