लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २० - मदन पुरस्कार गुठीले २०६५ सालको मदन पुरस्कार युवराज नयाँघरेको 'एक हातको ताली' निबन्धसंग्रहलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी जगदम्बाश्री पुरस्कार संस्कृतिविद् रामशरण दर्नाललाई प्रदान गरिने घोषणा गरेको छ । लोकसंगीत र बाजाको संकलन, अध्ययन अनुसन्धान तथा लेखनमा अनवरत रूपमा नेपाली भाषाको श्रीवृद्धि गरेबापत दर्नाललाई पुरस्कृत गरिएको हो ।दुवै पुरस्कारको राशि दुईदुई लाख रुपैयाँ रहेको गुठीले विज्ञप्तिमा जनाएको छ । २०१२ सालमा स्थापित मदन पुरस्कारको राशि स्थापनाकालमा चारचार हजार रुपैयाँको थियो । यी दुवै पुरस्कार आउँदो नौरथामा प्रदान गरिने छन् ।
No comments:
Post a Comment