News

Sep 4, 2009

उपराष्ट्रपतिको सुरक्षा सुविधा सरकारले शुक्रवारदेखि कटौती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतको आदेश नमानेका उपराष्ट्रपति परमानन्द झाको सुरक्षा सुविधा सरकारले शुक्रवारदेखि कटौती गरेको छ।हिन्दी भाषामा सपथ लिएपछि विवादित बनेका झालाई समयसीमा तोकेर सर्वोच्च अदालतले पुनः नेपाली भाषामा सपथ लिन आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेश अवज्ञा गरेपछि सरकारले झाको सुरक्षा सुविधा शुक्रवार कटौती गरेको हो। सर्वोच्च अदालतले तोकेको समयसीमा आइतवार सकिएको छ। झाले सो समयसीमाभित्र संबिधानसम्मत नेपाली भाषामा सपथ नलिएपछि उनको पद आइतवारदेखि निश्क्रिय भएको छ।झाको पद निश्क्रिय भएपछि सरकारले उनको सुरक्षाका लागि छुट्याएका ७५ जना नेपाली सेनालाई सरकारले फिर्ता बोलाएको छ। त्यसैगरी, झाको निवासमा राखिएको राष्ट्रिय झण्डासमेत निकालिएको छ।

No comments: