News

Sep 5, 2009

सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा फोरम लोकतान्त्रिकले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का १५ जना सभासद्ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन्। उपराष्ट्रपति परमानन्द झाको सपथ प्रकरणमा सरकारले साथ नदिएको भन्दै सभासदहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका हुन्। पत्रकार सम्मेलन स्थलमा भने ७ जना मात्र उपस्थित छन्। उपस्थित हुनेहरुमा कौशलकुमार राय यादव, प्रमोद गुप्ता, महोम्मद वकिल मुसलमान, निलम बर्मा, ललिता साहा, रामानन्द मण्डल, आशाकुमारी सरदार छन्।

No comments: