News

Sep 2, 2009

छैठौ पटक मन्त्रिमण्डल विस्तार / राजदूतमा नाम सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १७ - प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार छैठौ पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।
विस्तारित मन्त्रिपरिषदमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सर्वदेव ओझा महिला बालबालिका र सदभावना पार्टीका लक्ष्मणलाल कर्णलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुलाई आजै अपरान्ह राष्ट्रपति डा रामबरण यादवको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा प्रधानमन्त्री नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । राज्यमन्त्रीमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी करिना वेगम कृषिर् राज्यमन्त्री, रामलोचन अहिर यादव महिलाबालबालिका राज्यमन्त्री, शत्रुघनप्रसाद सिंह कोइरी पर्यटन राज्यमन्त्री र सजयकुमार सिंह भौतिक योजना राज्यमन्त्री उक्त र पार्टीकै कलावतीदेवी इसादलाई भौतिक सहायक राज्यमन्त्रीमा नियुक्त गरेको छ । त्यसैगरी सदभावना पार्टीका सरोज यादव वाणिज्य आपूर्ति राज्यमन्त्री र राष्ट्रिय जनशक्ति पार्टीका इन्द्रप्रसाद ढुङगेललाई विज्ञान सहायकमन्त्रीमा नियुक्त गरेको गृहमन्त्री भीव रावलले जानकारी दिए । नव नियुक्त राज्य तथा सहायकमन्त्रीलाई प्रधानमन्त्री नेपालले आजै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पद तथा गोप नियताको सथप ग्रहण गराएका छन । जनशक्तिका इन्द्रप्रसाद ढु ले केही बेरपछि सपथ लिने बताइएको छ । यससँगै मन्त्रीहरुको संख्या अव ४२ पुगेकेा छ । आजै बसेकेा मन्त्रिपरिषद बैठकले परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई संयुक्त राज्य संघ नियोर्क लागि स्थाइ प्रतिनिध, प्रधुम्न विक्रम शाह ब्राजिलको राजदूत, अरुण धिताल दक्षिण अफि्रकाको राजदूत, र मधुवन पौडेल कतारको राजदूतको लागि सिफारिस गरेको छ । बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशक दिगम्बर झाको पदावधि थप गर्ने निर्णय समेत गरेको छ ।

No comments: