लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १८ - थरुहट लगायतका बिभिन्न आठ जातीय संगठनले आह्वान गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि अधिकांस जिल्लाको जनजीवन प्रभावित भएको छ । सरकार र थरुहट स्वायत्त राज्य परिषद्बीच यसअघि भएको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बिभिन्न आठ संगठनले काठमाडौ उपत्यका बाहेकको क्षेत्रमा बन्द आह्वान गरेका हुन । बन्दबाट पूर्वपश्चिम राजमार्ग लगायतका अन्य सहायक मार्गहरुमा समेत यातायात प्रभावित भएको छ । बन्दको क्रममा दाङबाट बाहिरी जिल्ला जाने, बाहिरबाट जिल्ला भित्रिने कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा पनि यातायात ठप्प छ । यातायातका कुनै पनि साधन नचल्दा यात्रुहरुलाई कठिनाइ भैरहेको छ । । उनीहरुले राजमार्गमा बिभिन्न अबरोध सिर्जना गरी यातायात सञ्चालनमा रोक लगाएका छन् । त्यस्तै तामाङसालिङ स्वायत्त प्रदेसले आव्हान गरेको बन्दका कारण सिन्धुलीको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सदरमुकामबाट लामो तथा छोटो दूरीको कुनैपनि सवारी साधन चलेका छैनन् । बजार क्षेत्रका पसलहरु फाट्टफुट्ट खुलेपनि अधिकांश बन्द रहेका छन । सिन्धुली बहुमुखी क्याम्पस लगायत सरकारी तथा निजी शिक्षण संस्थाहरु समेत बन्द भएका छन । वर्तमान सुरक्षा नीति खारेज गर्नुपर्ने ,महंगी नियन्त्रण, भारतले मिचेको सीमा फिर्ता हुनुपर्ने, २०६४सालमा सरकारसँग भएको ५ बुँदे सहमति कार्यान्वयन तथा आदिवासी जनजाती महासंघसँग भएको संझौताको कार्यान्वयनको माग राखी बन्द आव्हान गरेको स्वायत्त प्रदेशका अध्यक्ष जेभि स्याङ्वाले टेलिफोनमा ई-कान्तिपुरलाइ जानकारी दिए ।
No comments:
Post a Comment