News

Apr 6, 2010

बालक अपहरणको विरोधमा लहान बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लहान, चैत २५- अपहरण भएको पाँच दिनसम्म पनि बालकको पत्ता लगाउन प्रशासन असफल भएको विरोधमा आज बिहानदेखि लहान बजार बन्द गरिएको छ। लहानको उद्योग वाणिज्य संघले बजार बन्द गर्न आह्वान गर्दै गरेको रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वपश्चिम राजमार्गको लहान मुख्य चोकबाट एक स्कुले बालक किताब लिएर घर फर्कंदै गर्दा अपहरित भएका थिए।
अपहरणकारीले फोन गरेर ५० लाख फिरौती मागेका छन्। अपहरित बालक सुवासका पिता गरिब साहका अनुसार अपहरणकारीले पछिल्लोपटक मंगलबार दिउँसो १ बजेतिर फोन गरेका थिए।५० लाख रुपैयाँ मागेपछि गरिबले अपहरणकारीसँग भने, 'मसँग पैसा छैन, १ लाखमात्र बुझाउन सक्छु।' अपहरणकारीले भने, 'अपहरण गर्नमात्रै ५ लाख खर्च लागेको छ।' गरिबका अनुसार अपहरणकारीले ४/५ लाख रुपैयाँसम्म डिस्काउन्ट गर्न सकिने बताएका छन्। अपहरणकारीले फिरौती बुझाउन ४८ घन्टाको अल्टिमेटम दिएका छन्।
अपहरणकारीले जनकपुर अञ्चलबाट झिकिएको नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोग गरिरहेका छन्।
अपहरित बालकको खोजीमा कुनै उपलब्धि हात नलागेको प्रहरीले बताएको छ भने पीडित परिवार र स्थानीयले प्रहरीले अनुसन्धान र खोजीमा पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। साथीको घरबाट किताब लिएर आउँदै गर्दा स्थानीय विद्यालयमा कक्षा चारमा पढ्ने सुवासलाई लहानचोकबाट शनिबार साँझ अज्ञात समूहले अपहरण गरेको थियो।

No comments: