लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २५- सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएको नेपाल प्रहरीको 'फर्म्ड पुलिस युनिट' मा करिब ११ करोड रुपैंयाँ भ्रष्टाचार भएको ठहर संसदीय छानबिन समितिले गरेको छ। राज्य व्यवस्था समितिद्वारा गठित छानबिन उपसमितिले सात महिना लगाएर गरेको अध्ययनबाट उक्त निष्कर्ष निकालिएको हो।
प्रतिवेदनअनुसार, प्रहरीको उच्च नेतृत्व र राजनीतिक तहको समेत संलग्नता र संरक्षणमा अत्यन्त गम्भीर आर्थिक अनियमितता भएको छ। यस प्रकरणमा १० करोड ९१ लाख २१ हजार २८५ रुपैयाँ नोक्सान भएको छ।
प्रहरी कल्याणकारी कोषको रकम कुल ४३ करोड ८५ लाख १९ हजार ३९१ रुपैयाँ लगानी भएकोमध्ये शोधभर्ना बापत ४ करोड ७६ लाख ४६ हजार ६६ रुपैयाँ मात्र प्राप्त भएको छ। मिशनमा पठाएका सामग्रीबापत राष्ट्रसंघले शोधभर्ना स्वरुप किस्ताबन्दीमा रकम दिने गरेको छ।'खरीद गरिएका सामानहरू एपीसी (आर्मेार्ड पर्सनल क्यारिअर), इन्डियन प्रिफब हाउस, १३ वाटर स्टोरेज, पानी ट्यांकर, १७ वटा ट्रेलर, ट्रक, रेफ्रिजरेटर, सवारी साधनहरू कम गुणस्तरीय, डार्फरस्थित संयुक्त राष्ट्रसंघीय मिशन ('यूनामिड') को मापदण्ड अनुरुप नभएकोले उपयोगमा ल्याउन नसकिएको हो', उपसमितिको प्रतिवेदनमा उल्लेख छ।

No comments:
Post a Comment