लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र चीनबीचको सिमाना अनुगमन गर्न र सगरमाथाको उचाइबारे छलफल गर्न चीनका वरिष्ठ विदेश सल्लाहकार लि छिङ युआन्को नेतृत्वमा चिनियाँ विदेश मन्त्रालयको १३ सदस्यीय टोली नेपाल आइपुगेको छ। टोलीको भ्रमणका क्रममा चीन र नेपालको हराएर पछि भेटिएका सीमाका पिलर नं ५७ र ६२ का विषयमा छलफल हुने बताइएको छ। चिनियाँहरूले सगरमाथाको उचाइ उनीहरूको सम्पूर्ण कागजपत्र तथा पाठयपुस्तकमा ८ हजार ८ सय ४४ दशमलव ५ भनी उल्लेख गरेका छन्। तर, संसारका अन्य तथ्यांकहरूमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर भएको उल्लेख छ र यही तथ्य स्थापित पनि भएको छ। चीनले सगरमाथामा रहेको हिउँको भाग घटाएर मात्र यसको उचाइ नापिनुपर्ने तर्क अगाडि सार्दै आएको छ। सगरमाथाको शिखरमा थुप्रिएको ३ दशमलव ५ मिटर हिउ घटाउँदा चीनले कायम गर्न खोजेको सगरमाथाको उचाइ आउँछ। यसको अलावा चिनियाँ प्रतिनिधिमण्डलले चीन र नेपालको सीमा नक्साको पनि समीक्षा गर्ने बताइएको छ।
No comments:
Post a Comment