News

Apr 5, 2010

सदभावना आनन्दीदेवीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगञ्ज, चैत २३,माधव नेपाल सरकारलाई समर्थन गर्ने एउटा सानो घटक नेपाल सद्भावना आनन्दीदेवीले आफ्नो समर्थन फिर्ता लिएको छ। शान्ति प्रक्रिया र संविधान निर्माणको दिशामा सरकार सही ढंगले अघि बढ्न नसकेको तथा तराईमा शान्ति सुरक्षा कयाम गर्न नसकेको भन्दै सद्भावना आनन्दीदेवी सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको हो। पार्टी अध्यक्ष सरिता गिरीले सोमबार कलैयामा पत्रकार सम्मेलन गरी वर्तमान सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय सार्वजनिक गरेकी हुन्। सोमबारदेखि नै समर्थन फिर्ताको निर्णय लागू हुने उनले बताइन्। संविधानसभामा सद्भावना आनन्दीदेवीका दुई सभाषद छन्। यो दलले समर्थन फिर्ता लिए पनि माधव नेपाल सरकारलाई खासै असर पर्ने देखिँदैन।

No comments: