लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुर,अश्लील शब्द प्रयोग गर्दै मोबाइलबाट एक विवाहिता महिलालाई जिस्क्याउँदै आएका कञ्चनपुरको पिपलाडी र झलारीका दुई शिक्षकसहित चारजनालाई प्रहरीले हिरासतमा राखेको छ ।एक सातादेखि बिहान ४ बजेदेखि राति १२ बजेसम्म पटकपटक महिलाको मोबाइलमा फोन गरी अश्लील शब्द प्रयोग गर्ने राष्ट्रिय उमावि, पिपलारीका शिक्षक रामबहादुर खड्का र वैजनाथ प्रविका शिक्षक खेमराज जोशीका साथै सोही विद्यालयका परिचर सन्तु चौधरीलाई मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो ।यसैगरी सोही आरोपमा प्रहरीले पिपलाडी-४ का भागीराम चौधरीलाईसमेत पक्राउ गरेको प्रहरी नायब निरीक्षक गणेश नाथले बताउनुभयो ।श्रीमानसमेत घरमा नभएका बेला छजनाले पालैपालो ९८४८७२९४३४, ९८४८७५६५८८ र ९८४८७२३९२८ नम्बरका मोबाइल प्रयोग गरी महिलालाई हैरान बनाउँदैआएको प्रहरीले जनाएको छ ।प्रहरीले हिजो ती चारैजनालाई हिरासतमा लिई उनीहरूले प्रयोग गर्ने गरेको मोबाइलसेटसमेत बरामद गरेको छ ।श्रीमान् घरमा आएपछि झलारी-६ की ती महिलाले इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएकी थिइन् ।प्रहरीले अनुसन्धानका क्रममा चारैजनालाई पक्राउ गरेपछि उनीहरूले प्रहरीसमक्ष महिलालाई अपशब्द प्रयोग गरी जिस्क्याउँदै आएको स्वीकारेका छन् ।पक्राउ परेकाहरूमाथि गालीगलौज र सार्वजनिक ऐनसम्बन्धी मुद्दा चलाउन सकिने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment