लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिसकेक, चैत २५,किर्गिस्तानमा राष्ट्रपति कुर्मानबेक बाकियेभविरुद्ध विद्रोहमा उत्रेका विपक्षी राजनीतिक कार्यकर्ताहरूले बुधबार गृहमन्त्रीको हत्या गरेका छन् भने उपप्रधानमन्त्रीलाई बन्धक बनाएका छन् ।राजधानी बिसकेकस्थित राष्ट्रपतिको कार्यालयमा घेरा हालिरहेका हजारौँ प्रदर्शनकारीलाई धपाउने प्रयासमा दङ्गा प्रहरीले पटक-पटक अश्रुग्यास र ग्रेनेडहरू प्रहार गरेका थिए । विद्रोह साम्य गर्ने अन्तिम अस्त्रको रूपमा प्रधानमन्त्री डानियार उसेनोभले सङ्कटकालको घोषणा गर्नुभयो । गृह मन्त्रालयको एक स्रोतले उत्तरपूर्वी इलाका तालासमा भड्किएको दङ्गामा गृहमन्त्री मोल्दोभस कोगानतियेभ मारिएको बताए ।

No comments:
Post a Comment