लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, चैत २३- धनगढी नगरपालिका वडा नं ११ जुगेडामा दश वर्षकी एक बालिका छिमेकी युवकबाट बलात्कृत भएकी छिन्। बलात्कार गरेको उजुरी प्रहरीले दर्ता गर्न मानेको छैन। प्रहरी र दलका नेताले बलत्कारको घटना लुकाउने प्रयास गरेकाले न्याय पाउन नसकेको पीडित परिवारले बताएका छन्।
पीडितकी काकी प्रमिला चौधरीले एमालेका सभासद नारदमुनि राणाले बलात्कारको घटना गाउँमै मिलाउन दबाब दिएको बताइन्। बलात्कार गर्ने अशोक सभासद राणाको भान्जा नाता पर्छन्।कतैबाट पनि न्याय नपाएपछि निरीह बनेका पीडित परिवारले दबाबमा परेर बलात्कार गर्ने केटालाई १ लाख रुपैयाँ तिराएर सहमति गरेको छ। बालिकाको बलत्कार भएको घटना लुकाउन प्रहरी, अस्पताल सबै ठाउँमा नियोजित ढंगले काम भएको बुझिएको छ।घटना घटेकै दिन रगत बगिरहेको अवस्थामा मध्यरातमा अस्पतालमा पुर्याइएकी बालिकालाई अस्पतलाले उपचार नगरी फिर्ता पठाएको थियो। दोश्रो दिन अस्पतालले उपचार गर्न संभव हुदाँहुदै रेफर गरिएको थियो।
कक्षा ३ मा पढ्ने १० वर्षकी बालिका माघ २४ गते रातिको खाना खाएर छिमेकीको घरमा टिभी हेर्न गएकी थिइन्। बीचमै बत्ती गएपछि गाउँकै करिब २१ वर्षीय अशोक रानाले मिठाई खान जाउँ भनी फकाएर नजिकैको बगैँचामा लगेर बलात्कार गरेको थियो। बालिकाका काका श्रीरामले माघ २७ गते इलाका प्रहरी कार्यालय जुगेडा र माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा बलात्कृत गरेको किटानी उजुरी दिएका थिए। फागुन ३ गते प्रहरी कार्यालयमा गएर सोद्धा प्रहरीले उजुरी दर्ता भइसकेको र काम भइरहेको छ भनेर जवाफ दिएको काका श्रीरामले बताए।
‘चैत ३ गते उपचार गरेर फर्केपछि पिडित बालिकालाई लगेर प्रहरी कार्यालयमा जाँदा प्रहरी उजुरी नै दर्ता भएको छैन भने। ३५ दिने म्याद सकिएको थियो' उनले भने।महिला पुनर्स्थापना केन्द्र ओरेक धनगढीका कार्यक्रम संयोजक बसन्ती चौधरीले ४ महिना यता कैलालीमा १४ मा १२ जना १५ वर्षमुनिका बालिका बलात्कृत भएको बताइन्। ती मध्य ६ घटना गाउँमै मिलाइएको उनले बताइन्।

No comments:
Post a Comment