लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान सरकार विघटन भई राष्ट्रिय सहमतिको सरकार नबनेसम्म माओवादीको आन्दोलन नरोकिने बताउनुभएको छ । काठमाडौंको खुलामञ्चमा आज आयोजित विशाल सभामा बोल्दै अध्यक्ष प्रचण्डले अबको आन्दोलन ४६ र ६२/६३ सालको भन्दा पनि ठूलो हुने दावी गर्नुभएको छ । उहाँले आगामी बैशाख १८ गते अझ ठूलो आन्दोलन गर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले आजको आन्दोलन समापन नभई शुरुवात भएको बताउनुभयो । विभिन्न भूतप्रेतहरु बोल्न थालेकाले आन्दोलन उनीहरुकै विरुद्ध लक्षित हुने अध्यक्ष प्रचण्डको भनाई थियो । वर्तमान सरकारले जनताको भावना नसुनेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले सरकार रिमोट कन्ट्रोलबाट सञ्चालित भएको आरोप लगाउनुभयो ।
७५ जिल्लामा आजदेखि शुरु भएको आन्दोलन निर्णायक विन्दुमा नपुगेसम्म नरोकिने प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले रिमोट कन्ट्रोल र आकाशवाणीबाट चलेको वर्तमान सरकारबाट शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव नभएको समेत बताउनुभयो । उहाँले माओवादीलाई जंगलमा पठाउन चाहनेहरु सक्रिय भएको दावी गर्दै अब जंगल माओवादी होइन, माओवादीविरोधीहरु जाने बताउनुभयो ।

No comments:
Post a Comment