News

Apr 9, 2010

अनमिनको म्याद थप गर्न सरकारलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ अप्रिल, २०१०,संसदीय समितिले अनमिनको म्याद थप गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले राष्ट्रसंघीय नियोग अनमिनको समयावधि थप गर्न आज निर्देशन दिएको हो । शान्ति प्रक्रिया निष्कर्षमा पुगिनसकेकाले क्षेत्राधिकारको आवश्यक संशोधन गरेर भए पनि अनमिनको म्याद थप गर्न समितिले निर्देशन दिएको हो । समितिका सभापति पदमलाल विश्वकर्माका अनुसार अनमिनको भूमिकाबारे प्रधानमन्त्री माधवकुमार नेपालसँग सोधपुछ गरेपछि समितिले अनमिनको म्याद थप गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

No comments: