लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, चैत २७- बन्द आह्वानकर्ता मधेशी जनअधिकार फोरमका कार्यकर्ताले शुक्रवार धनगढी बसपार्कमा एक फेन्सी पसल तोडफोड गर्नुका साथै लुटपाट गरेका छन्। पसल तोडफोड गर्ने एक कार्यकर्तालाई स्थानीय बासिन्दाले समातेर प्रहरीलाई बुझाएका छन्।
बसपार्कस्थित अछाम रावल फेन्सी पसलमा शुक्रवार बन्द गराउने कार्यकर्ताको एक समुहले सिसाको काउन्टर तोडफोड गरेको थियो। पसल संचालकलाई कुटपिट गर्नुका साथै समान पनि लुटपाट गरेको पीडितले बताए।'आधा सटर खुला गरेको थिएँ। एक समुह आएर सिधै तोडफोड गर्न शुरु गर्यो। लठीले मलाई पनि कुटपिट गरे।' पसल संचालक तेज बहादुर रावतले भने- टर्च लगायतमा समानहरु पनि हात हातै लगेर गए।
तोडफोडले सिसाको काउन्टर पुर्णरुपमा क्षति भएको छ। स्थानीय बासिन्दाले तोडफोड गर्नमा संलग्न मधेशी युवा फोरमको केन्द्रीय सदस्य सुनिल जैसवाललाई समातेर प्रहरीलाई बुझाएका छन्।वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक रंजित सिंह राठौरले तोडफोडमा संलग्न जैसवाललाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताए।
बन्दको दोश्रो दिन शुक्रवार पनि यहाँ यतायात, पसल, उद्योग, शिक्षणसंस्था बन्द रहेका छन। भारतका बभिन्न शहरमा मजदुरी गरेर नयाँ वर्षका लागि घर फर्कन आएका कामदार बन्दले धनगढीमा अलपत्र परेका छन्।

No comments:
Post a Comment