लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/निर्मल श्रेष्ठ
जेष्ठ २७,गैर आवासीय नेपाली संघ हङकङले एनआरएन परिचय पत्रका लागि संघको सिफारिस पत्र आवश्यक भएको बताएपनि यहाँस्थित नेपाली महाबाणिज्यदूतावासले यस्तो पत्र जरुरी नभएको बताएको छ ।
नेपाल सरकारले गैर आवासीय नेपालीहरुका लागि व्यवस्था गरेको परिचय पत्र बारे जानकारी दिने उद्देश्यले एनआरएन द्वारा हालै आयोजित कार्यक्रममा उक्त कुरा बताइएको थियो । सिफारिस पत्र निःशुल्कै दिने बताइएपनि सदस्यता भने अनिवार्य लिनुपर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो । 'गैर आवासीय नेपाली सम्बन्धी नियमावलीमा यसबारे कुनै उल्लेख नभएकाले हामीले लिएरै आउनुस भन्न सक्दैनौं,' महाबाणिज्यदूत विनोदकुमार उपाध्यायले भने, 'उहाँहरुले पनि आफ्नो भूमिका खोज्नुभएकाले पत्र लिएर आउनेलाई स्वीकार्ने सामान्य सहमति मात्र भएको हो ।'
नियमावलीमा उल्लेखै नभएको कुरा लादन खोजिएको भन्दै कतिपयले यसबारे चर्को आलोचना गरेका थिए । एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरुङले सामूहिक एकता प्रर्दशित होस भनेर समझदारीमा यसो गरिएको बताए । 'कसैले यसै गर्नैपर्छ भन्ने होइन,' अध्यक्ष गुरुङले भने, 'एनआरएन कार्ड लिने भएपछि स्थानीय संघको सदस्यता लिएर जाँदा सामूहिक एकता देखिन्छ भन्ने हाम्रो बुझाइ हो ।' हङकङेली गैर आवासीयहरुका तथ्याक राख्न सजिलो होस भन्नाका लागि समेत उक्त सोचाइ राखिएको गुरुङले बताए । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य कृष्ण पाण्डेले भने दूतावास सँगको सहमतिमा यसलाई लागु नै गरिएपनि कार्यान्वयन हुन नसक्ने बताए । 'यसका लागि हामी सँग प्रयाप्त पूर्वाधार छैनन्,' उनले भने, 'हङकङजस्तो सानो ठाउँमा यो केही हदसम्म सम्भव देखिएपनि अन्य ठूला मुलुकमा यसो गर्न सकिदैन ।'
नियमावलीमा जारी परिचय पत्र नेपाली मूलको विदेशी नागरिक भए बढिमा दश वर्ष र विदेशमा बस्ने नेपाली नागरिक भए दुई वर्षसम्म बहाल रहने उल्लेखछ । एनआरएन परिचय पत्र वाहकले उक्त अवधिभर नेपालका लागि भिसा लिनुपर्नेछैन् । परिचय पत्र शुल्कका हकमा नेपाली र हङकङ राहदानी वाहकका लागि क्रमशः पचास र दुई सय पचास अमेरिकन डलर तोकिएको छ । बेलायती लगायत अन्य सबै राहदानी वाहकका लागि पाँच सय अमेरिकन डलर ।

No comments:
Post a Comment