News

Jun 10, 2010

गठन भएको भोलिपल्टै महासचिव र सैन्यप्रमुख पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर/ तराईमा सशस्त्र समूहको अवस्था कमजोर हुँदै गएका वेला संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामक नयाँ सशस्त्र समूहका महासचिव र सैन्यप्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । मोर्चा गठन भएको भोलिपल्टै महासचिव र सैन्यप्रमुख पक्राउ परेका हुन् ।मोर्चाका महासचिव शिवा उपनामका काठमाडौं कपन-४ बस्ने १८ वर्षीय विजय थापा र सैन्यप्रमुख ज्वालामुखी उपनामका सिराहा बडहरामाला- ३ बस्ने १९ वषर्ीय वीरेन्द्र सदालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेर बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा  सार्वजनिक गरेको हो ।
चेकजाँचका क्रममा प्रहरीले दुवैजनालाई धनुषाको ढल्केबर-३ बाट सोमबार हतियारसहित पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले नाइन एमएमको सिक्सर पेस्तोल एक थान, एक राउन्ड गोली, संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा हस्तलिखित पत्र र ३ थान मोबाइल बरामद गरेको छ ।२३ जेठ ०६७ मा गठन गरिएको मोर्चामा ७२ जना केन्द्रीय सदस्य रहेको पक्राउ परेका दुवैजनाले प्रहरीसमक्ष बताएको प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । खनालका अनुसार मोर्चाले सिराहा, धनुषा, महोत्तरी, उदयपुर र सिन्धुलीमा पार्टी विस्तार गरेर सदरमुकाममा बम विस्फोट गराउने योजना बनाएको बयानमा बताएका छन् ।

No comments: