लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २७,तालिमको सिलसिलामा धनकुटाको हिलेमा मृत्यु भएका सिपाही रेशमबहादुर भण्डारीको घटना सम्बन्धमा सैनिक अदालतले अधिकृतसहित ९ सैनिकलाई कारवाही गरेको छ । हिलेस्थित श्री नं.२ बाहिनी अड्डामा सञ्चालन भएको पेशागत तालिमको बाहिरी अभ्यासकोक्रममा धनकुटाको राम्चे डाँडाका सिपाही रेशम बहादुर भण्डारीको माघ २७ गते मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा छानबिन गर्न पूर्वी पृतनापति उपरथी नरेन्द्रबहादुर रावलको अध्यक्षतामा गठीत समरी जनरल सैनिक अदालतले दोषि ठहर गरेका ९ सैनिकलाई कारवाही गरेको जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्ती जारी गर्दै जनाएको छ ।
कारवाहीमा परेकाहरु निम्नअनुसार छन्:
(क) जमदार राम कुमार तामाङ: ७ बर्ष कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बरखास्त ।
(ख) अमल्दार दिल बहादुर गौतमः ३ बर्ष कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बरखास्त ।
(ग) अमल्दार सुरेन्द्र कुँवरः ४ महिना कैद र १ दर्जा घटुवा ।
(घ) प्युठ कृष्णअर्जुन खड्काः ४ महिना कैद र १ दर्जा घटुवा ।
(ङ) हुद्धा उमेशचन्द्र दाहालः ४ महिना कैद र ४ बर्ष बढुवा रोक्का ।
(च) प्युठ रघुलाल तामाङ्गः ४ महिना कैद र ३ बर्ष बढुवा रोक्का ।
(छ) सिपाही मोहन कार्कीः ४ महिना कैद र ३ बर्ष बढुवा रोक्का ।
(ज) प्युठ किशोर गुरुङः २ बर्ष बढुवा रोक्का ।
२. साथै उक्त तालिममा कमाण्डको रुपमा खटिएका उप-सेनानी प्रवल देउलाले कमाण्डरको हैसियतले आफ्नो जिम्मेवारी वहन गरेको नदेखिएको हुँदा निजलाई ३ बर्ष बढुवा रोक्का गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।

No comments:
Post a Comment