लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
जेष्ठ २५, हङकङ बडी बिल्डिङ च्याम्पियनसिपमा सहभागी सानु गुरुङले आइतबार फस्ट रनरअपसहित चार उपाधि हात पारेका छन् । वानचाइस्थित क्विन एलिजाबेथ स्टेडियममा आयोजित प्रतियोगितामा उनले पचहत्तर केजी र मार्स्र्टस समूहमा बेस्ट पोजिङसहित उक्त उपाधि जितेका हुन् । गत वर्षयसै प्रतिस्पर्धामा उनले सत्तरी केजी तौलभन्दा माथिको नोभाइस र असी किलोग्राम तौल समूहको हेभिवेटमा सेकेन्ड रनरअपसहित बेस्ट पोजिङको उपाधि जितेका थिए । सानु सहभागी दुवै प्रतिस्पर्धामा हङकङका वङ चि सिङ भिक्टरले उपाधि जिते । पहिलो उपाधि अर्कैका पोल्टामा गएपछि सानु ओभरअल च्याम्पियनमा भने सहभागी हुन पाएनन् ।
उक्त प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी लोकेन्द्र परियार सत्तरी किलोग्रामभन्दा माथिको नोभाइस समूहतर्फविजेता बने । असी किलोग्राममाथिको तौल समूहमा समेत उनले सेकेन्ड रनरअपको उपाधि जिते । व्यक्तिगत पहलमा भिडेका उनको सहभागिताबारे हङकङका नेपाली सञ्चारमाध्यम बेखबर थिए । परियार सन् २००८ का 'मिस्टर हङकङ नेपाल' हुन् । जितपछि नेपाली सञ्चारकर्मीबाट घेरिएका उनले आफूलाई मिडियाले पाखा लगाएको दुःखेसो पोखे । प्रतियोगिताको 'ओभरअल च्याम्पियन' लगायत सबैजसो उत्कृष्ट विधामा भने चिनियाँ खेलाडीकै वर्चस्व रह्यो । चेङ कारट्याट प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी दरिए । गत वर्षतेस्रो स्थानमा रहेका सानु दोस्रोमा उक्लिए पनि उपाधिबाट भने उनी सन्तुष्ट देखिएनन् । 'प्रतियोगितामा जजमेन्ट राम्रो भएन,' उनले भने, 'यतिविध्न भेदभाव होला भन्ने लागेको भए सहभागी नै हुने थिइनँ ।'

No comments:
Post a Comment