News

Jun 4, 2010

राहदानी नहुँदा वैदेशिक रोजगारीमा जान समस्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २१ - सरकारले पासपोर्ट वितरण गर्न नसकेपछि वैदेशिक रोजगारीका लागि आएको मागअनुसार कामदार पठाउन नसक्ने अवस्था सिर्जना भएको छ । हरेक वर्ष बढी माग आउने यो मौसममा राहदानी भएका कामदार नै पाइन छाडेको व्यवसायी बताउँछन् । वैदेशिक रोजगार विभागसँग पूर्वस्वीकृति लिएर पटकपटक विज्ञापन गर्दा पनि अपेक्षित मागअनुसार कामदार पाउन नसकेको उनीहरूले बताए । 'अहिले ५० देखि ६० हजार कामदारको माग छ,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले कान्तिपुरसँग भने, 'तर २० देखि २५ हजार राहदानी भएका कामदार पनि बजारमा छैनन् ।' राहदानी भएका कामदार खोज्दै हिँड्नुपरेको उनी बताउँछन् । वैदेशिक रोजगार विभागले वैशाखमा मात्रै ३४ हजार जनालाई पूर्वस्वीकृति दिएको थियो । 'हामीबाट एक साताअघिसम्म दैनिक ९ सय जनासम्मलाई अन्तिम श्रम स्वीकृति दिएका छौं,' वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने, 'अब यही संख्यामा कामदार दिन नसक्ने व्यवसायीहरूले बताएका छन् ।'

No comments: