News

Jun 4, 2010

लडाकु पुनर्स्थापना विवरण अब सात दिनमा पेश हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २१- संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को प्रमाणीकरणबाट योग्य नठहरिएका माओवादी लडाकुको बहिर्गमन सम्बन्धमा गठित निर्देशक समितिको बैठकले संयुक्त राष्ट्र सङ्घले पुनःस्थापनसम्बन्धी प्रगति विवरण शान्ति तथा पुनः निर्माण मन्त्रालयलमा साप्ताहिकरुपमा पेस गर्ने निर्णय गरेको छ। बैठकमा योग्य नठहरिएका माओवादी लडाकुलाई बहिर्गमनपछि समाजमा पुनःस्थापन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घमार्फत् उपलब्ध गराउँदै आएको विभिन्न तालिमको समेत समीक्षा भएको शान्ति तथा पुनः निर्माण मन्त्रालयले जनाएको छ।योग्य नठहरिएका चार हजार आठ लडाकुमध्ये बहिर्गमन कार्यक्रममा दुई हजार ३ सय ९४ सहभागी भएका र एक हजार ६ सय १४ जना आफूखुसी पहिले नै शिविर छाडेका थिए। करिब एक हजार आयोग्य लडाकुमात्र सो तालिम कार्यक्रममा सहभागी छन्। बैठकमा समितिका संयोजक एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री रकम चेम्जोङले संयुक्त राष्ट्र सङ्घमार्फत् उपलब्ध गराउँदैआएको हालको पुनःस्थापन प्याकेजमा यथाशक्य पुनरावलोकन गरी बढीभन्दा बढी लडाकुहरुलाई सहभागी गराउन आवश्यक रहेको र यसमा सहभागी नभएका लडाकुको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए। बैठकमा संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक तथा युएनडीपी, युनिसेफ र अनमिनका प्रतिनिधिलगायत् यस मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए।

No comments: