लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ग्लोबल टेन्डरबाट नेपालका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ गर्ने जिम्मा फ्रान्सको ओबर्थर टेक्नोलोजीले पाएपछि बोलपत्र प्रतिस्पर्धामा सामेल तथा असफल अन्य कम्पनीले फ्रान्सेली कम्पनीको विश्वसानीयता तथा यसले उपलब्ध गराउने भनेको पासपार्टको स्पेसिफिकेसन गुणस्तरीय नभएको दाबी गरेका छन्।
- टेन्डरप्राप्त कम्पनीको स्पेसिफकिेसन गुणस्तरीय नभएको दाबी
- ओबर्थरको पासपोर्ट १० वर्ष पनि नटिक्ने आरोप
- विवादले समयसीमा गुमाउने आशंका- आरोप टेन्डर नपाउनेको
- आक्रोश मात्रः परराष्ट्र
लामो अवरोधपछि एमअरपी छपाइको प्रक्रिया अघि बढेको अवस्थामा पुनः विभिन्न शंकाउपशंकाहरू देखिनुले नेपालले एमआरपी जारी गर्ने समयसीमा पुनः गुमाउने हो कि भन्ने आशंका पनि उब्जिएको छ। टेन्डर पाउने फ्रान्सेली कम्पनीले उपलब्ध गराउने एमआरपी कमसल खालको भन्दै एमआरपी टेन्डर प्रक्रियामा फान्सेली कम्पनी ओबर्थरसंग सामेल इन्डोनेसियाको पेरियम पेरुरीले प्रतिस्पर्धामा रहेका कम्पनीको बोलपत्रमा उल्लेख गरेका पर्सनलाइजेसन प्रिन्टर स्पेसिफिकेसनअनुसारको गुणस्तरीय नभएको उल्लेख गर्दै बोलपत्रहरूको निष्पक्ष रूपमा मूल्यांकन गर्न अनुरोध गर्दै असार २१ गते परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो। यदि अरूले जस्तै कम गुणस्तरको पर्सनलाइजेसन प्रिन्टर उल्लेख गर्ने हो भने अरूले उल्लेख गरेको एमआरपीको मूल्यभन्दा धेरै सस्तोमा आफूले एमआरपी उपलब्ध गराउन सक्ने सो पत्रमा उल्लेख छ।
No comments:
Post a Comment