लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २८,काठमाडौंस्थित अमेरिकी दूताबासले भिसा शुल्कमा फेरबदल गरेको छ। एक महिनाअघि गैरआप्रवासी भिसा शुल्क वृद्धि गरेको अमेरिकाले भोलि मंगलबारदेखि आप्रवासी भिसा शुल्क समेत बढाउँदैछ। 'संशोधित शुल्क विश्वभरि समान राखिएका छन्', दूतावासद्वारा जारी प्रेस नोटमा भनिएको छ- 'विदेशमा रहेका ३०१ कन्सुलर कार्यालय,२३ आन्तरिक पासपोर्ट एजेन्सी तथा कन्सुलर सेवा प्रदान गर्ने अन्य केन्द्रहरुको काम कारवाहीमा लाग्ने वास्तविक खर्च बेहोर्न नयाँ शुल्क तोकिएका हुन्।'गत जेठ १७ देखि अनलाइनबाट मात्र भिसा आवेदन लिन थालेको दूताबासले अन्तरवार्ता दस्तुर नबिल बैंकमा बुझाउन भनेको छ।
No comments:
Post a Comment