लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको सबैभन्दा ठूलो दल एनेकपा माओवादी ले आफ्नै दलको नेतृत्वमा सहमतिको सरकार बनाउनका लागि लडाकू समायोजनसम्बन्धी कार्ययोजनासहितको खाका प्रस्तुत गरे पनि नेपाली कांग्रेस र नेकपा एमाले लगायतले त्यसप्रति असन्तुष्टि जनाएका छन्। माओवादी पदाधिकारीहरुको शनिबार बसेको बैठकपछि सो खाका सार्वजनिक गरिएको हो। त्यसलाई कांग्रेस-एमालेका नेताहरुले पहिले भन्दै आएको कुरालाई अहिले लिखित रुपमा ल्याउने काम मात्र भएको बताएका छन्।'राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिका आधारहरु’ नामक माओवादी प्रस्तावमा माओवादी लडाकूको पुनःस्थापना र समायोजन कार्यविधिबारे उल्लेख गरिएको छ।
No comments:
Post a Comment