लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असार २५- एकीकृत नेकपा (माओवादी) को केन्द्रीय पदाधिकारीको शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले माओवादी लडाकुको समायोजन र पुनःस्थापनाको खाका तयार पारेको छ। यस्तो आधारभूत खाका र कार्यतालिका लिखितरूपमा तयार पारिएको र शनिबार सार्वजनिक गरिने नेता नारायणकाजीले जानकारी दिए। उनले यस कार्यतालिकाबारे शनिबारदेखि राजनीतिक दलहरुसँग तीव्ररुपमा छलफल गरिने र राष्ट्रिय सरकार निर्धारित समयमै बन्ने दाबी पनि गरे। नेपाली कङ्ग्रेस, नेकपा (एमाले), मधेसवादीलगायतका दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन एमाओवादीलाई लडाकु समायोजनको कार्यतालिकाको प्रस्ताव ल्याउन, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग गर्न र कब्जा गरिएका घरजग्गा फिर्ता गर्नेबारेमा स्पष्ट खाका तयार गरी समयावधिसमेत तोक्न माग गर्दै आएका छन्।
No comments:
Post a Comment