लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, असार २५- नयाँ सरकार गठनमा दलहरुले सहमति जुटाउन नसके आफूहरुको नेतृत्वमा सरकार गठन गर्न आदिवासी जनजातिले माग गरेका छन्। उनीहरुले संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउन साउन ३० गते राजधानी नाकाबन्दीको कार्यक्रम समेत घोषणा गरेका छन्। चितवनको सौराहामा देशभरबाट जम्मा भएका आदिवासी जनजातीको राष्ट्रिय भेलाले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्न चरणवद्ध आन्दोलनको घोषणा गरेको हो। साउन २ गतेदेख ३० गतेसम्म घोषित चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत साउन दुई गतेदेखि २४ गतेसम्म दलका नेता तथा देशका जिल्ला प्रशासनमा घोषणापत्रसहितको ज्ञापनपत्र बुझाउने,जिल्ला जिल्लामा भेला तथा प्रशिक्षण दिने रहेको छ।
त्यसैगरी साउन २९ गते साँझ देशभर मशाल जुलुश गरी भोलिपल्ट साउन ३० गते राजधानी नाकाबन्दी गर्ने आदिवासी महासंघका अध्यक्ष राजकुमार लेखीले बताए।
त्यसैगरी साउन २९ गते साँझ देशभर मशाल जुलुश गरी भोलिपल्ट साउन ३० गते राजधानी नाकाबन्दी गर्ने आदिवासी महासंघका अध्यक्ष राजकुमार लेखीले बताए।
No comments:
Post a Comment