News

Jul 11, 2010

सामाजिक सञ्जाल फेसबुकलाई जर्मनीको चुनौती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामाजिक सञ्जाल फेसबुकले जर्मनीको वैयक्तिक गोपनीयतासम्बन्धी नियामक निकायको सामना गर्नुपरेको छ । विभिन्न व्यक्तिसँग लिइएको सम्पर्क विवरणलाई लिएर उनीहरूसँग सहमति लिन असफल भएपछि फेसबुकले सो नियामक निकायलाई जरिवानासमेत तिर्नुपर्ने भएको छ ।
जर्मनीको ह्यामवर्गस्थित डाटा प्रोटेक्सन तथा सूचनाको स्वतन्त्रतासम्बन्धी एकजना कमिस्नरका अनुसार, कतिपय मानिस जोसँग व्यक्तिगत सूचना लिइएको थियो उनीहरू फेसबुकका प्रयोगकर्ता होइनन् । त्यस्तै फेसबुकले व्यक्तिगत सूचना संकलन गरी व्यापारिक उद्देश्यका लागि समेत प्रयोग गर्ने गरेको छ । यो अधिकार फेसबुकलाई छैन ।
जब कुनै व्यक्तिले फेसबुक एकाउन्ट बनाउँछ, उसलाई आफ्नो इमेल ठेगाना अपलोड गर्न आग्रह गरिन्छ ताकि त्यो ठेगाना अन्य सम्भावित फेसबुक प्रयोगकर्तालाई पठाउन सकियोस् । कुनै प्रयोगकर्ताले आपनो इमेल ठेगाना अपलोड गर्न नचाहे पनि त्यो ठेगाना फेसबुकमा सञ्चित हुन्छ । फेसबुकले नियमित रूपमा प्रयोगकर्तालाई उनीहरूको एकाउन्ट पेजमार्फत अन्य सम्भावित प्रयोगकर्तालाई निमन्त्रणा गर्ने गर्छ ।
जर्मनका धेरै नागरिकले पछिल्ला दिनमा फेसबुकले आफ्नो सूचना अरूलाई पठाएको र स्टोर गरेको भन्दै ह्यामवर्ग कमिस्नरमा फेसबुकप्रति कम्प्लेन गरेका छन् । फेसबुकले भने यो कम्प्लेनप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
फेसबुकले यो कुरालाई गम्भीरपूर्वक नलिए अगष्ट पछि ऊविरुद्ध मुद्दा हालिने बताइएको छ । ह्यामवर्ग कमिस्नर कार्यालयले गुगलले स्टिट भ्युमार्फत संकलन गरेको डाटाप्रति पनि कडा नजर राखिरहेको बताएको छ ।

No comments: