News

Jul 12, 2010

पानीको सतह बढन जादा कोशी ब्यारेज खतरामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोशी नदीमा पानीको सतह बढन जादा कोशी ब्यारेज खतरामा पर्न गएको छ । सप्तकोशी नदीमा १ लाख ५४ हजार ७ सय ७० क्युसेक पानी प्रति सेकेन्ड बग्न थालेको र पानीको बहाव बढेपछि २४ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।यस वर्षकै सबभन्दा बढी पानीको बहाव आइतबार भएपछि ब्यारेज नियन्त्रण कक्षले आवश्यक सम्पूर्ण सतर्कता अपनाइएको कक्षले जनाएको छ ।कोशी ब्यारेजको जिर्ण भई सकेको ५६ वटा ढोकाको मर्मत संभार केही महिना अघिदेखि ढोका निर्माण गर्ने कम्पनी जोसेफले गर्दै आएपनि हालसम्म २५ वटा मात्रै ढोकाको मर्मत संभार हुन सकेको छ । ५६ वटा ढोका मध्ये २५ वटा मात्रैको मर्मत संभार भएपछि अन्य ढोकाहरु खोल्न नसकिने अवस्थामा रहेको कारण सामान्य बाढीमा पनि ब्यारेज खतरामा पुग्न सक्ने स्थितीमा पुगेको जानकारी प्राविधिकहरुले दिएका छन् ।कोशीमा जल स्तर बढ्दै गएपछि कोशी ब्यारेजको ढोका बढीमा २५ वटा खोल्न सक्ने र त्यस मध्ये अहिले २४ वटा खोलिई सकेको कारण पानीको सतह अझै बढे खतरामा पुग्ने निश्चित रहेको स्रोतले जनाएको छ ।०६५ भाद्र २ गते कोशीमा १ लाख ७२ हजार क्युसेक पानी प्रति सेकेन्ड रहेको अवस्थामा तटबन्ध भत्किएको र अहिले ढोकाको मर्मत संभार भईरहेको अवस्थामा पानीको बहाव बढ्दै गएकोले ब्यारेज कुनै पनि बेला खतरामा पर्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

No comments: