News

Jul 10, 2010

पहिलो मिस ई-कलेजको उपाधि सलोनी न्हेमफुकीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पहिलो मिस ई-कलेजको उपाधि इन्टेन्सिप कलेज टेकुकी सलोनी न्हेमफुकीले जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको मिस ई-कलेज प्रतियोगिताको शुक्रबार भएको अन्तिम स्पर्धामा २९ जनालाई पछि पार्दै उनले मिस डिसिप्लिनसहित उपाधि चुमेकी हुन् । प्रतियोगितामा क्याम्पियन कलेजकी सोनिया श्रेष्ठले बेस्ट डे्ससहित फस्ट रनरअप र सेन्ट जेभियर्सकी नमिता आचार्यले मिस पपुलारिटीसहित सेकेन्ड रनरअपको उपाधि जितिन् ।
प्रतियोगिताका प्रमुख निर्णायक वरिष्ठ पत्रकार किशोर नेपालले प्रतिस्पर्धीलाई मुलुकको वर्तमान परिवेशमा हिंसा, राजनीति र वातावरणमध्ये केमा सुधार भयो भने देशको उन्नति होला ? भन्ने प्रश्न सोधेका थिए । सलोनीले राजनीतिमा परिवर्तन र प्रगति भएमा हिंसा अन्त्य भई वातावरणमा स्वस्र्फुत रूपमा स्वच्छता आउने र देशमा स्वतः परिवर्तन आउने जवाफ दिएकी थिइन् । निर्णायकमण्डलले सलोनीको जवाफलाई उत्कृष्ट ठहर्‍यायो । मिस ई-कलेज उपाधि विजेताले उपहारस्वरूप महिन्द्रा कम्पनीको फ्लाइट स्कुटर पाइन् । फस्ट रनरअपले नगद २५ हजार र सेकेन्ड रनरअपले १५ हजार नगद पुरस्कार पाए ।
१६ देखि २४ वर्षसम्मका कलेज अध्ययनरत युवतीबीच गरिएको प्रतियोगितामा मिस पर्सनालिटी मोलिसा बज्राचार्य, फ्रेन्डसिप लक्ष्मी थापा, बेस्ट हेयर मोनिका खड्का, बेस्ट स्माइल प्राप्ति खड्का, फोटोजेनिक निता थापा, क्याटवाक, दर्शक छनोट शुभेच्छा खड्का र पुष्पा पलाञ्चोकीले मिस ट्यालेन्टको उपाधि जिते ।

No comments: