लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, असार २७- अविरल वर्षासँगै कास्की र स्याङ्जामा आएको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ। कास्कीको कृस्तिनाच्नेचौर–९ भिरस्वाँरका पूर्णबहादुर सार्कीको घर शनिबार मध्यराति पहिरोले बगाउँदा ३ छोरीसहित पाँच जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका ३० वर्षीय पूर्णबहादुर, उनको ८ महिनाको गर्भ बोकेकी पत्नी २७ वर्षिया माया, जेठी छोरी ११ वर्षिया पूजा, माइली छोरी ९ वर्षिया प्रिया र कान्छी छोरी अढाई वर्षिया प्रियङ्काको शव उद्वार टोलीले हिलोबाट निकालेको थियो। राति करिब १२ बजे घरभन्दा ६० मिटर माथिबाट आएको पहिराले सार्कीको घर पुर्दै बगाएको थियो।
No comments:
Post a Comment