लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २७ - विश्वकप फुटबलको तेश्रो स्थान जर्मनीले जितेको छ । शनिबार राति भएको खेलमा उरुग्वेलाई २ का विरुद्ध तीन गोलले पराजित गर्दै तीन पटकको विश्व विजेता जर्मनीले तेश्रो स्थानमा चित्त बुझाएको हो ।
कोट एलिजावेथमा गएराति जर्मनीले थमस मुलरको गोलबाट खेलको १८ औ मिनेटमा अग्रता लिएको थियो । तर त्यसपछि उरुग्वेले लगातार दुई गोल गर्यो । र खेलमा २-१ को अग्रता लियो । उसका लागि एडीसन काभानीले २८ औ र फोर्लानले ५१ औ मिनेटमा गोल गरेका थिए । जर्मनीका लागि मार्सेल जान्सेनले गोल गर्दै खेल बरावरीमा ल्याएका थिए । विपक्षी गोलकिपरको कमजोरीको फाइदा उठाउदै उनले खेलको ५६ औ मिनेटमा बरावरी गोल गरेका हुन् । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको ८२ औ मिनेटमा सामिक कुडिलाले गोल गरेपछि जर्मनीले अग्रता लियो ।
त्यसपछि कुनै गोल हुन सकेन र जर्मनीले ३-२ ले जित आफ्नो पक्षमा पार्यो । जर्मनी टिम कप्तान फिलिप लाम र मिरेस्लाव क्लोजा विना मैदानमा उत्रेको थियो । सेमिफाइनलमा जर्मनी स्पेनसग र उरुग्वे नेदरल्यान्ड्ससग पराजित भएपछि तेश्रो स्थानका लागि उनीहरुको प्रतिष्पर्धा भएको थियो ।

No comments:
Post a Comment